१६ चैत, २०८०
    {
राजनीति / सुरक्षा/अपराध / समाचार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

  • पुलेसो
  • २०७९ कात्तिक १६ बुधबार
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले स्थानीय पालिकाको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताए ।

आगामी निर्वाचनको सुरक्षा तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।उनले आगामी निर्वाचन राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताए ।

गृहमन्त्री खाणले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र  राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद समेत दिए । उनले भने “सीमित स्रोत साधनका बाबजुद विषम परिस्थितिमा पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ” ।सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ ।

 

बैठकमा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको प्रस्तुति रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, कानुन मन्त्री तिलकराम शर्मा, प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारीहरूको सहभागी थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने,...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि...

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो...

काठमाडौं - स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो...

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता