०७ असोज, २०८०
    {
सुदूरपश्चिम प्रदेश / धर्म-संस्कृति र रितिथिति / समाचार

अछाममा लगातार १० दिनसम्म मनाइने केदारनाथ मेला जारी

  • पुलेसो
  • २०७९ कात्तिक १६ बुधबार
अछाममा लगातार १० दिनसम्म मनाइने केदारनाथ मेला जारी

अछाम - लगातार १० दिनसम्म चल्ने देवताको धेवल आराधनासहित लाग्ने अछामको एकमात्रै केदारनाथ मेला जारी रहेको छ ।अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला केदार र छडाल देवताको आराधनासहित मन्दिरमा दूध र घ्यु खाने गर्दछन् ।

हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पूजा आराधाना र धामीले खला नाच्ने गर्दछन् । यो बर्ष कात्तिक १३ गतेदेखि मेला शुरु भएर कात्तिक २१ गते समापन हुने केदारनाथ मन्दिरका पुजारी खडकराज खतिवडाले जानकारी दिए ।

विगतका वर्षमा कात्तिक शुक्ल त्रयोदशीको दिन ठुलो सङ्ख्यामा व्यक्तिको उपस्थिति सहित रात्रि मेला लाग्ने गरेकोमा पछिल्ला दुई बर्ष कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको कारण नित्य पूजासहित मेला समापन गरिने गरिएको थियो ।यो बर्ष फेरी मेलामा रौनकता छाउने साबिकको सेरा गाविसका पूर्व अध्यक्ष दिपक अधिकारीले बताए ।१० दिनसम्म देवताको पूजा, खला नाच्ने र रात्रि मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको विशेषता हो ।

अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।रात्रि मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय काँसीराम खतिवडाले बताए ।

धामीको नाच रात्रि मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् ।

 

परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यही बेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खतिवडाले बताए ।१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दसैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । हिंसात्मक रुपमा मेला मनाइने गरिन्छ भने देवताका धामी दलित समुदाय र पुजारी गैर दलित समुदायका रहेका छन् ।

यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ । दसैँमा घर आउन नपाएकाहरू यति वेला घर आउने गर्दछन् ।यो बर्ष मेलालाई थप व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आफूहरूले समन्वय गरिरहेको वडा नम्बर ७ का वडा सदस्य बलबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित...

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी  श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित चारजना बेपत्ता

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४...

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४ फोकल पर्सन तोकिए