कास्की - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् ।
पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । उनले भने',यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ, ।’‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’
गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने– ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियो । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’ आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।‘
लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् । यो विचारहिन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक–फरक घोषणापत्र बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग भुटो आश्वासन दिइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...
काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...
प्रतिक्रिया