३१ जेठ, २०८१
    {
राजनीति / समाचार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि सुरु, प्रचार गरे २५ हजार जरिवाना

  • पुलेसो
  • २०७९ मंसिर ०२ शुक्रबार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि सुरु, प्रचार गरे २५ हजार जरिवाना

काठमाडौँ  -  यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । 

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मका अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ ।

मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५  हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९  मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 

बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । 

 

आयोगले फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ । 

बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा - जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।

अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर...

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन...

काठमाडौँ - काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु...

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र...

पोखरा - गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा...

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको...

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला