२४ जेठ, २०८०
    {
राजनीति / समाचार

मतपरिणाम एमालेको पक्षमा आउँछ  : ईश्वर पोखरेल

  • पुलेसो
  • २०७९ मंसिर ०४ आइतबार
मतपरिणाम एमालेको पक्षमा आउँछ  :  ईश्वर पोखरेल

काठमाडौं  -  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन् । 

आज बिहान ८ः ३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए । उनले मत परिणाम नेकपा (एमाले)को पक्षमा आउने विश्वास व्यक्त गरे । 

 

 

निर्वाचित भएपछि के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रतिक्रियामा पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए । 

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ सालको निर्वाचनमा भारी मतान्तरका साथ काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी  भएका थिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र...

काठमाडौँ  -  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आ एका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

...
प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

आजदेखि विश्वकप फुटबल शुरु हुदै

काठमाडौँ - चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेला  कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु...

आजदेखि विश्वकप फुटबल शुरु हुदै

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

काठमाडौं  -  कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्सव मनाउने...

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

 विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र...

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताए ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द...

 विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण एमालेले बनाउँछ : ईश्वर पोखरेल