०६ वैशाख, २०८१
    {
धर्म-संस्कृति र रितिथिति / समाचार

विवाहपञ्चमी महोत्सव आजदेखि

  • पुलेसो
  • २०७९ मंसिर ०७ बुधबार
विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाम - जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ भएको छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ ।

प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताए।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सिर ९ गते शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते शनिबार तिलकोत्सव, मङ्सिर ११ गते आइतबार मटकोर र मङ्सिर १२ गते सोमबार रामसीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ ।

सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने सहायक महन्थ रोशन दासले बताए ।

 

यस्तै विवाहपञ्चमी महोत्सवलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन तयारीमा जुटेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्र बिघा (रङ्गभूभि मैदान)लाई सफा गरी घुम्ती शौचालयको व्यवस्था गर्नेतर्फ लागेको बृहत्तरका अध्यक्ष शीतल साहले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

बझाङ दुर्घटनाः कोहलपुर मेडिकल कलेजमा मन्त्री...

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।

बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित...

बझाङ दुर्घटनाः कोहलपुर मेडिकल कलेजमा मन्त्री सिंहको उपचार सुरु

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त :...

काठमाडौं - सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् ।

सरकारले बाध्यकारी...

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान