०८ चैत, २०७९
    {
समाज / समाचार

मंसिर २२ गतेदेखि १४औं मानव अधिकार राष्ट्रिय महाभेला हुने, महाभेलाको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने

  • पुलेसो
  • २०७९ मंसिर २० मंगलबार
मंसिर २२ गतेदेखि १४औं मानव अधिकार राष्ट्रिय महाभेला हुने, महाभेलाको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने

काठमाडौं - नेपालमा पनि विभिन्न कार्यक्रम गरी ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइने भएको छ । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ आगामी मंसिर २२ देखी २८ गते सम्म मनाइने जानकारी दिइएको हो । राजधानीको यल्लो पगौडा होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन ११ बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् ।

महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनस्र्थापकीय न्याय मञ्चले गर्ने भएको छ । उक्त महाभेलाका अवसरमा विविध कार्यक्रम हुने जनाईएको छ।   मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधीको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु यस महाभेला आयोजना गर्नुको मुख्य लक्ष्य हो ।

१४औं मानवअधिकार महाभेलाका संयोजक मञ्जु गुरुङले विधीको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानवअधिकारको प्रत्याभूती गराउन संघसंगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्न र सहयोग गर्नु अहिलेको आवश्यकता रहेको बताइन् । 

गुरुङले मानवअधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन र मंसिर २८ गते नेपाल पर्यटन बोर्डको हलमा मानव अधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन गर्ने बताइन् । यसबीचमा राष्ट्रिय मानव अधिकार आयोगको दिउँसो हुने कार्यक्रममा सहभागी हुने र बिहानको समयमा मानव अधिकार महाभेलाले प्रभातफेरी कार्यक्रम गर्ने जानकारी  दिइन् । प्रभातफेरी भृकुटीमण्डपमा सुरु गरेर रत्नपार्कमा समापन गरिने उनको भनाइ छ । 

उनले एक साताब्यापी कार्यक्रममा १२ तारिखमा ‘रन फर राइट्स’ को कार्यक्रम को आयोजना गरिने भन्दै सो कार्यक्रम माइतीघरबाट सुरु गरेर बसन्तपुरमा समापन गरिने सुनाइन् । मुल आयोजक समितिले राष्ट्रियस्तरमा सम्पन्न हुन गईरहेको मानवअधिकार राष्ट्रिय महाभेला २०७९ भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण नेपालीहरुको उपस्थितीका लागि अनुरोध गरेको छ । 

 

नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम आयोजना हुँदै आएको छ ।  

दशौं मानअधिकार महाभेलाका संयोजक नरेन्द्र खतिवडाले देशमा शान्ति प्रक्रिया नसकिदै संस्थाको नेपालमा स्थापना गरेको बताए । यो महाभेलाले नेतृत्व मात्र नभएर समाजमा पछि पारिएको मुद्दाहरुलाई समेत सम्बोधन गर्ने उनको भनाइ छ ।  उनले भने,‘अपांग,दलित, जनजातिसँग सम्बन्धित मुद्दाहरुलाई पनि उठान गर्नेछ ।’ युवाहरुलाई पनि नेतृत्वमा ल्याउन मानवअधिकारको महाभेलाले महत्वपुर्ण भुमिका खेल्ने उनले स्पट पारे । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प