बर्दिया - राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ ।
केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो । बजेटसँगै निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताए । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रूपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो ।
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया