काठमाडौँ - नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ ।
तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिईन् । प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउमा मृत भेटिएको चन्दले बताए ।
मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गर्नुरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...
काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...
प्रतिक्रिया