१६ वैशाख, २०८१
    {

हातले टेकेर ७५ वटा सिँढी ओर्लिँदै हरिले बनाए कीर्तिमान

  • पुलेसो
  • २०८० असार २० बुधबार
हातले टेकेर ७५ वटा सिँढी ओर्लिँदै हरिले बनाए कीर्तिमान

 

काठमाडौं । नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका छन् ।

उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए ।बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धी हासिल गरेको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।  उसका अनुसार यसअघि अमेरिकाका मार्क केनीले ३०।८ सेकेन्डमा बनाएको कीर्तिमान गिरीले तोडेका हुन् ।उनले गत जेठमा नै यो कीर्तिमान बनाएको भए पनि गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो ।

खुट्टा माथि गरेर मात्र हात टेकेर उच्च गतिमा सिँढी ओर्लनु अत्यन्त खतरनाक र गाह्रो रहे पनि हरिले अभ्यासबाट यसलाई सहजै पूरा गरेका गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।गिरीले आठ वर्षको उमेरदेखि नै हातले टेकेर हिँड्ने अभ्यास गर्दै आएका थिए ।

उनले दर्ता गरेको यो चौथो विश्व कीर्तिमान हो । यसअघि उनले हातले टेकेर ५० वटा सिँढी ओर्लने, खुट्टाको बीचमा बल च्यापेर हातले मात्र टेकेर ५० मिटर हिँड्ने र १० मिटर हिँड्ने विधामा पनि कीर्तिमान कायम गरिसकेका छन् ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने