३१ जेठ, २०८१
    {
गण्डकी प्रदेश / कृषि / समाचार

गण्डकीमा रासायनिक मल मौज्दात

  • पुलेसो
  • २०८० असार २८ बिहीबार
गण्डकीमा रासायनिक मल मौज्दात

गण्डकी - गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए । 

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमा छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । “तत्काललाई मलको समस्या देखिएको छैन् । अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ”, उपाध्यक्ष सापकोटाले भने, “युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन ।” 

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास पचास टन आवश्यक रहेको उनले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया छ सय टन, डिएपी तिन सय टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए । 

 

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए । उनले भने, “सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ । उनीहरुको मागअनुुसार त पु¥याउन सकेको छैन तर चित्त बुझाएको छु ।” मल अभाव हुन नदिनका लागि नातावाद र पहुचका आधारमा नबढी दामासाही ढङ्गले सहकारी संस्था र कृषि सामग्री विक्रेतालाई दिएको उनले सुनाए । 

गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मल बिक्री गर्दै आएका छन् । जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजङ्ग गुरुङले जानकारी दिए । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा - जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।

अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर...

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन...

काठमाडौँ - काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु...

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र...

पोखरा - गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा...

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको...

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला