काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ई-हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो । सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ ।
मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई धन्यवाद दिए । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई(हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो ।“डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौँ”, उनले भने ।
स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उनको विश्वास छ । वञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट वञ्चित हुनसक्ने र प्रविधिको दुरुपयोग रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।
“गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँँच पुर्याउने अभिभारा हामीले लिएका छौँ । र यसलाई पूरा गर्न सबै किसिमको उपाय र प्रविधिको अवलम्बन गर्ने नीतिको व्यवस्था छ”, उनले भने । उनले स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गरी डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नु भविष्यको चुनौती रहेको धारणा राखे।
सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुनु विकल्परहित भएको अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । मन्त्रालयले डिटिजल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले यसको नियमन, विकास र विस्तारमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने सरकारी निकाय, साझेदार संस्था, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न आह्वान गरेको छ ।
सन् २०२१ को सूचना जनगणनाका अनुसार झण्डै ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाइल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारमा इन्टरनेटमा पहुँँच छ । यस्तै, ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेटसहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढिरहेको देखिएको मन्त्रालयको भनाइ छ ।
उनले गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पु¥याउने अभिभारा मन्त्रालयले लिएको बताए । उनले यसलाई पूरा गर्न सबै किसिमका उपाय र प्रविधि अवलम्बन गर्ने नीति रहेको स्पष्ट पारे । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनले दिएको ई हेल्थको अवधारणालाई अवलम्बन गर्दै सोको बिस्ताररित रुप डिजिटल हेल्थको कार्यान्वयको चरणमा पुगेको उनको भनाइ छ ।
उनका अनुसार डिजिटल हेल्थलाई स्वास्थ्यक्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीहरुको व्यवसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएको छ । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामिल हुन विकल्परहित भएको अवस्थामा अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउनु जरुरी रहेको उनको भनाइ छ ।
स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमशः सूचना प्रविधिको दायरा बढाउन मन्त्री बस्नेतले आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...
काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...
प्रतिक्रिया