०७ असोज, २०८०
    {
समाज / समाचार

राप्ती नदीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • पुलेसो
  • २०८० साउन ०९ मंगलबार
राप्ती नदीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालगञ्ज -  जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५।४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता नगर्न आग्रह गरेका छन् ।

राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गरे ।जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ ।

राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित...

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी  श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित चारजना बेपत्ता

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४...

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४ फोकल पर्सन तोकिए