३१ जेठ, २०८१
    {

‘स्कर्टिङ’ गरेर १२ दिनपछि ल्यान्डफिल साइटमा पुर्‍याइयो पोखराको फोहोर

  • पुलेसो
  • २०८० साउन २३ मंगलबार
‘स्कर्टिङ’ गरेर १२ दिनपछि ल्यान्डफिल साइटमा पुर्‍याइयो पोखराको फोहोर

‘स्कर्टिङ’ गरेर १२ दिनपछि ल्यान्डफिल साइटमा पुर्‍याइयो पोखराको फोहोर

पोखरा । स्थानीयबासिन्दाको अवरोधले १२ दिनदेखि सडकमै रोकिएको फोहोर सुरक्षाकर्मीको सहयोगमा ‘स्कर्टिङ गरेर ल्यान्डफिल साइट पुर्‍याइएको छ ।

मंगलबार पहिलो चरणमा २८ गाडी फोहोर लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा लगिएको पोखरा महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

पहिलो चरणमा केही दिनअगाडि नै संकलन गरेर गाडीमा राखिएका फोहोर मात्रै ल्यान्डफिल साइट पुर्‍याइएको हो ।

सडकमा थुप्रिएका सबै फोहोर हटाइसक्न भने केही दिन लाग्ने महानगरले जनाएको छ ।

‘केही दिनअघिबाट ल्यान्डफिल साइट पुर्‍याउन नपाएका फोहोर मात्रै लगिएको हो । अब पटकपटक गरेर रेगुलर नै फोहोर उठाउँछौं,’ बरालले भनिन्, ‘स्थानीयको सहयोग नै रह्यो, त्यस्तो अवरोध भएन ।’

सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

अदालतले आइतबार निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

डडेल्धुरा - जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।

अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर...

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन...

काठमाडौँ - काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु...

काठमाडौँ उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र...

पोखरा - गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा...

गण्डकी सरकार: ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको...

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला