१५ वैशाख, २०८१
    {
मनाेरञ्जन / सुदूरपश्चिम प्रदेश / धर्म-संस्कृति र रितिथिति / समाचार

काठमाडौँमा ‘देउडा आइडल’ आयोजना हुँदै

  • पुलेसो
  • २०८० असोज १४ आइतबार
काठमाडौँमा ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौँ - नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रूपमा रहेको टिभी टुँडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

उनले भने,  ‘‘यो चाररपाँच वर्षको प्रयासमा कोसिस गरेर यो कार्यक्रम हुन गइरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गइरहेका छौँ । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उनले जुन कोसिस गरे । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’’

 

देउडा गीत, सङ्गीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई सो कार्यक्रममा सहभागी गराइनेछ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो...

काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो हुलाक टिकट

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य