१५ वैशाख, २०८१
    {
समाज / लुम्बिनी प्रदेश / सुरक्षा/अपराध / समाचार

नेपालगञ्जमा दिउँसोको ‘कर्फ्यू’ हटाइयो, कर्फ्यु राती मात्र कायम

  • पुलेसो
  • २०८० असोज १८ बिहीबार
नेपालगञ्जमा दिउँसोको ‘कर्फ्यू’ हटाइयो, कर्फ्यु राती मात्र कायम

नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन ‘कर्फ्यू’ आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यु राती मात्र कायम रहनेछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ ।राती ८ बजेदेखि बिहान ६ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र ‘कर्फ्यू’आदेश जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दिउँसोको समयमा कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मङ्गलवार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि ‘कर्फ्यू’ आदेश जारी गरिएको थियो ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको थियो ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो...

काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो हुलाक टिकट

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य