मुम्बई - दिग्गज अभिनेता मिथुन चक्रवर्तीले सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । उनका अनुसार सलमान निकै चकचके स्वभावका छन् । उनले युवतीहरूलाई बेवकुफ मात्रै बनाउँछन् । यता केटीहरू भने उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् ।
सलमानले उनलाई धेरै माया गर्ने मिथुनको भनाई छ । सुटिङको क्रममा सलमानले उनलाई राति पनि एक्लै छोड्दैनन्, रमाइलो र ठट्टा गरिरहन्छन् । टिभी रियालिटी शो सारेगामापाका प्रस्तोता आदित्य नारायणले मिथुनलाई ज्याकी श्रौफ, सलमान खान, सञ्जय दत्त र अक्षय कुमारमध्ये कसले तपाईंलाई सबैभन्दा बढी कसले समस्यामा पारेको छ भनेर सोध्दा मिथुनले ‘सलमान खान’ भन्ने जवाफ दिए ।
उनले भने, ‘सबैभन्दा धेरै दुख पनि सलमानले नै मलाई दियो ।’उनले थपे, ‘उसको मप्रति धेरै माया छ, हामी दुवैसँगै छौँ भने ऊ एक मिनेट पनि शान्त रहन सक्दैन । ऊ मलाई खोजिरहन्छ, म सुतेको भए उसले मलाई ब्युँझाउँछ। हामी सेन्ट पिटर्सबर्गमा सुटिङ गरिरहेका थियौँ। म राति करिब २ बजे सुतेको थिएँ । मैले मेरो कोठामा भित्रबाट चुकुल लगाएको पनि थिएँ । तर ऊ कसरी ढोका खोलेर भित्र पस्यो, मलाई अझैसम्म पनि थाहा छैन।’
मिथुनले भने, ‘ ऊभित्र आएपछि के भयो त्यो चाहिँ म भन्न सक्दिनँ । तर जब मैले आँखा खोलेँ, उनी मेरो अगाडि उभिएर हाँसिरहेका थिए । मैले उसलाई भनेँ- तिमी कस्तो मान्छे ! उनी धेरै-धेरै चकचके छन्।’
सलमानको बिहेबारे उनले भने, ‘सलमानले कहिल्यै बिहे गर्दैनन् तर सबैलाई खुराक दिन्छन् (उनी केटीहरूलाई बेवकुफ बनाउँछन्। केटीहरू सोच्छन् कि यस्तो सुन्दर सुपरस्टार छ, उसले उनीहरूसँग विवाह गर्नेछ। तर त्यो भाइले त्यसो गर्दैन, म ग्यारेन्टी दिन्छु, उसले बिहे गर्दैन।
सलमान अन्तिम पटक कट्रिना कैफसँग फिल्म टाइगर ३ मा देखिएका थिए । उनी अब आगामी वर्ष रिलिज हुन लागेको फिल्म सिकन्दरमा देखिनेछन् ।
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।
उक्त प्रतियोगिता अन्तर्गत...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
प्रतिक्रिया