२९ पुष, २०८१
    {
मनाेरञ्जन / समाचार / फिल्मि मनोरञ्जन

५१ औँ दिनमा ‘महाजात्रा’

  • पुलेसो
  • २०८१, वैशाख ३० आइतबार
५१ औँ दिनमा ‘महाजात्रा’

काठमाडौँ - फिल्म ‘महाजात्रा’ले प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल भएको छ ।

षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगन्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि  प्रदर्शनमा आएको फिल्मले ५१ औँ दिनको यात्रा तय गरेको खुसीमा निर्माण युनिटले शनिबार एक कार्यक्रम समेत गरेको छ । जसमा फिल्ममा अभिनेता हरिवंश आचार्यले अहिलेको समय फिल्मले ५१ औं दिन पार गर्नु भनेको फिल्म उद्योगका लागि सुखद खबर रहेको बताए । उनले अहिले नेपाली फिल्मलाई दर्शकहरूबाट प्राप्त मायाका लागि आभार व्यक्त गरे । 

कार्यक्रममा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए । फिल्मका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायाङ्कनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन् सकेनन् । यसका साथै फिल्मले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक÷एक थान मोबाइल प्राप्त गरेका छन् । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम...

काठमाडौँ -  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका...

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे