१७ वैशाख, २०८२
    {
घुमफिर / समाज / गण्डकी प्रदेश / समाचार

फेवातालको जलकुम्भी हटाउने अभियान सुरु

  • पुलेसो
  • २०८१, वैशाख ३१ सोमबार
फेवातालको जलकुम्भी हटाउने अभियान सुरु

कास्की – फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि  सरसफाइ अभियानको शुभारम्भ गरिएको छ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो। पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको थियो।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने बताए। उनका अनुसार पहिलो दिनमा तालबाट १५ टिप्पर जलकुम्भी हटाइएको छ।नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीयवासी समेत गरेर तीन सयभन्दा बढीको सफाइ अभियानमा सहभागिता थियो। अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख एवं प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरेका थिए।

‘विशेषगरी बर्खायाममा जलकुम्भीले ढाक्दा ताल कुरुप हुँदै आएको छ। यसपटक हामीले स्रोतबाट नै जलकुम्भी हटाउने गरी काम थालनी गरेका छौँ,’ संयोजक पौडेलले भने,हरेक वर्ष चैतमा हुने जलकुम्भी हटाउने कार्यक्रम यस पटक विविध कारणले ढिला हुन गएको बताए। अभियानअन्तर्गत सोमबारदेखि दैनिक ४० जनाका दरले जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए।

 

पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो। उनीहरुले दुई हप्तासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म तालको सरसफाइ गर्नेछन् भने अन्यले समेत स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने बताए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई...

    कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्। 

    ...
    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह