१७ वैशाख, २०८२
    {
समाज / प्रविधि / गण्डकी प्रदेश / समाचार

जलविद्युत छ तर बत्ती बल्दैन

  • पुलेसो
  • २०८१, वैशाख ३१ सोमबार
जलविद्युत छ तर बत्ती बल्दैन

 ढोरपाटन -  बागलुङको तमानखोला गाउँपालिका- ६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् । वर्षौँदेखि लघु जलविद्युतको भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पानीको बहाव कम हुँदै गएपछि विद्युत उत्पादन पनि घटेको बताइएको छ । यति बेला स्थानीयलाई एउटा चिम ९बल्ब० बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला-६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । 

जलविद्युत भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उनको भनाइ छ । “वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेकट्रोनिक सामान छन् तर विद्युत आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ”, वडा अध्यक्ष छन्त्यालले भने, “आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युतको समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।” जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडा अध्यक्ष छन्त्यालले बताए ।

“यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ”, उनले भने  नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत आयोजना, पात्लेमा तीन किलो वाटको खालीखोला लघु जलविद्युत आयोजना र भित्री वनमा छ किलो वाटको बराहथानखोला लघु जल विद्युत आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष छन्त्यालले जानकारी दिए । 

यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उनले बताए। “अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्राही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन”, वडा अध्यक्ष छन्त्यालले भने, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भएपनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।”

अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत गृहमा फोन गरेर एक/दुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्नेस्थिति रहेको वडा अध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा दुई सय ५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उनले जानकारी दिए । यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको उनले बताए । विद्युत आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उनको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताए ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताए । यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्‍याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

 

आगामी असोज/कात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्‍याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए ।“अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्‍याउन सकिएन”, उनले भने, “सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोज/कार्तिकसम्म विद्युत पुग्छ ।” 

प्रतिक्रिया

छुटाउनुभयो कि?

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई...

    कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्। 

    ...
    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह