१९ कात्तिक, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

  • पुलेसो
  • २०८१, वैशाख ३१ सोमबार
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

धनगढी - सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ३ गतेका लागि आह्वान गरिएको छ । 

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनार्थ आगामी जेठ ३ गते बिहान १०ः१५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हाे । उक्त बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुतको कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए । 

यसअघि वैशाख २१ गते र २२ गते दुई पटक आह्वान गरिएको प्रदेश सभा बैठक स्थगित भएको थियो । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भएपनि सत्ता गठबन्धन दलमा समझदारी नहुँदा बैठक स्थगित गरिएको थियो ।

 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एस संसदीय दलका नेता सोडारीलाई जेठ ४ गतेभित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थन रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री...

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गत...

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु...

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।

मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  भने, “स्काउट...

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु :  खेलकुदमन्त्री चौधरी