विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको विषयमा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरूलाई मान्य हुने बताए ।
विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा एमाले र नेकपा माओवादी विधिको शासन र कानुनको पालना गर्ने पार्टी भएकाले सरकारको विषयमा अदालतले गर्ने निर्णय स्वीकार्य हुने बताए ।
उनले सर्वोच्चले अदालतले गत २८ गते कोशी प्रदेश सरकारको विषयमा कुनै अल्पकालिन आदेश तथा रिट जारी नगरेको र सरकारको कामकारबाही रोक नलगाएकाले सरकारको कामलाई कामलाई अघि बढाउन आफूले विश्वासको मत लिएको र भोलीका दिनमा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला पनि मान्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री कार्कीले एक हप्ताभित्र मन्त्री परिषद् विस्तार हुने बताए । सरकारमा सहभागी दल नेकपा माओवादीसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार हुने उनको भनाई थियो ।
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।
उक्त प्रतियोगिता अन्तर्गत...
काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।
मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, “स्काउट...
प्रतिक्रिया