४ जेठ, २०८२
    {
राजनीति / समाचार

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस् : प्रधानमन्त्री दाहाल

  • पुलेसो
  • २०८१, जेठ १ मंगलबार
नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस् : प्रधानमन्त्री  दाहाल

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्बाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सो पार्टीका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगनकुमार थापासँग भएको छलफलमा आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज रूपमा सदन सञ्चालनका निम्ति  सहयोग गर्न आग्रह गरेको हो ।

“प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न र संसद् बैठक अवरोध नगर्न आग्रह गरे”, प्रमुख सचेतक लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने, “प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्धता व्यक्त गरे । यससम्बन्धी समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीबाट आशय व्यक्त भएको छ, हामी त्यो व्यवहारमा अनुवाद भएको देख्न चाहन्छौँ ।”

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ । 

 

प्रधानमन्त्रीको आग्रह कार्यान्वयन गर्न आजै बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने र निष्कर्षमा पुगिने जानकारी आफूहरूले प्रधानमन्त्री दाहाललाई गराएको प्रमुख सचेतक लेखकले बताए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध