४ जेठ, २०८२
    {
समाज / मनाेरञ्जन / समाचार

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

  • पुलेसो
  • २०८१, जेठ १ मंगलबार
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौं - कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन् ।  दुई जना सल्लाहकारसहित उनी फ्रान्सतर्फ प्रस्थान गरेका हुन् ।

महानगर प्रमुख बालेनसँग कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि फ्रान्सतर्फ लागेका हुन् ।  कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम छ । बालेनले त्यो अवधिमा फेस्टिभलका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने बताइन्छ । 

शाहको मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियसन चेनको पनि अवलोकन गर्नेछन् ।बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको समेत आयोजना गरिने बताइन्छ ।

बालेनले कान्स फिल्म फेस्टिभलको क्रममा अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यक्रम पनि तय भएको छ । 

१४ मे अर्थात जेठ १ गतेदेखि २५ मे अर्थात जेठ १२ गते शनिबारसम्म आयोजना हुने फेस्टिभलमा मेयर बालेन ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने सचिवालयले जानकारी दिएको छ ।फेस्टिभलमा नेपालमा छायांकन भएको फिल्म ‘द सेमलेस’ अन रिगार्ड विधा तथा नेपाली भाषाको फिल्म ‘‘ताराः  अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध