४ जेठ, २०८२
    {
घुमफिर / समाज / लुम्बिनी प्रदेश / धर्म-संस्कृति र रितिथिति

पर्यटकीय सम्भावना हुँदापनि ओझेलमा धार्मिक तथा प्राकृतिक महत्व बोकेको मालारानी

  • पुलेसो
  • २०८१, जेठ १ मंगलबार
पर्यटकीय सम्भावना हुँदापनि ओझेलमा धार्मिक तथा प्राकृतिक महत्व बोकेको मालारानी

अर्घाखाँची - अर्घाखाँची जिल्लामा पर्ने मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो । यो मन्दिर समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइमा रहेको  छ ।वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिब १५ किलोमिटर उत्तरतर्फ मालारानी गाउँपालिकामा पर्दछ । 

मालारानी गाउँपालिका वार्ड नं. ३ र ६ को सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा पूजाआजा र दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बोका, राँगा, कुभिन्डो आदिको बलीसमेत चढाउने गरिन्छ ।प्राचीन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला असाध्यै सुन्दर भएकाले उनलाई सबैले रानीको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता रहिआएको छ । 

स्थानीयका अनुसार बडादशैको त्रयोदशीको मध्यरातमा माला रानीको आश्रय स्थलबाट आफै बाजा बजेको आवाज सुन्न पाइन्छ । मन्दिरमा दसैँको नवदुर्गा भरी र चैतेदशैमा अष्टमी, नवमीमा विशेष मेला लाग्ने गर्दछ । मन्दिरमा महाकाली, शिव महादेव, हनुमानका मूर्तिहरू राखिएको छ । 

मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा टोड्कामा पानी रहेको छ । त्यस पानीलाई  ‘मनचिन्ते पानी’ भन्ने प्रचलन रहिआएको छ । मालाले आफूलाई सुद्ध पानी पिउनका लागि सृष्टि गरेको भन्ने किम्बदन्ती रहेको उक्त पानी ठुलो खडेरीमा समेत सुक्दैन । सो पानी  शिरमा लगाउनाले मनमा शान्ति मिल्ने, मनले सोचेका कुरा पुग्ने, राम्रो हुँदै जाने स्थानीय इन्द्र रेग्मीले बताए । भक्ततजनहरुले मन्दिरमा कुनै भाकल गरेमा पुरा भएको कारण जाने गरेको बताउँछन् । मालारानी मन्दिरमा गएपछि छुट्टै आनन्दको महसुस हुने भक्तजनको अनुभव छ ।

खासगरी शिवरात्रिको दिन , दसैँको समयमा र नयाबर्षमा मालारानीमा धार्मिक भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ भने अन्य बिदाको दिनमा समेत आन्तरिक पर्यटकको चहलपहल हुने गरेको पाइन्छ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मन्दिरबाट हिमालय पर्वतको हिमशृङखला र तराइको सुन्दर फाँट देख्न पाइन्छ । चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवं स्वच्छ हवाले भरिपूर्ण नजिकैको घेराको भिरमा गिद्धहरूको बासस्थान छ । जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको माला रानीको विकास तथा प्रचारप्रसार भने पर्याप्त हुन सकिरहेको छैन ।

मालारानी मन्दिर वरिपरिको लेकमा टिमुर , पाखनवेद,चिराइतो ,सिन्कौली , जस्ता जडीबुटी र महत्त्वपूर्ण वन्यजन्तुको आश्रय स्थल रहेको भएकाले पनि सांस्कृतिक सँगै जैविक हिसाबले पनि यो क्षेत्र उतिनै महत्त्वपूर्ण रहेको पाइन्छ ।

 

जिल्लाको पुनर्संरचना भन्दा पहिला मन्दिरको अवस्था दयनीय रहेको भएतापनि जनप्रतिनिधि आएपछि  बिस्तारै मन्दिरको मुहार फेरिन थालेको छ । मन्दिर निर्माणसँगै वरिपरिको परिसर , अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्रवचन हल,खानेपानी लगायतका पूर्वाधार निर्माण गरिएको र अन्य कार्य निरन्तर भइरहेको मालारानी गाँउपालीकाका अध्यक्ष दलबहादुर भट्टराइले जानकारी दिए  ।

यस क्षेत्रको समग्र विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको भट्टराइले बताए  ।पूर्वाधार निर्माण सँगै व्यापक प्रचारप्रसार गर्नसके मालारानी गाउँपालिकाको विकासमा मालारानी मन्दिर कोशेढुङ्गा सावित बन्न सक्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध