१ फागुन, २०८१
    {
मनाेरञ्जन / शिक्षा/स्वास्थ्य / समाचार

प्रज्ञा कुञ्जले पाँच रङ्गकर्मीसँग पाँच दिनमा १५ नाटक मञ्चन

  • पुलेसो
  • २०८१, जेठ २ बुधबार
प्रज्ञा कुञ्जले पाँच रङ्गकर्मीसँग पाँच दिनमा १५ नाटक मञ्चन

काठमाडौं- थिएटर अर्थात नाटक विधामा काठमाडौं  प्रज्ञा कुञ्ज स्कुलको बेग्लै परिचय छ । करिब १२ वर्ष अघिदेखि विद्यालयमा यो विधाको पठनपाठन प्रारम्भ भएको हो ।

त्यसै बेलादेखि नै हरेक वर्ष नाट्य सप्ताह आयोजना गरि विद्यालयका सबै विद्यार्थी नाटकमा सहभागी हुन्थे ।तयार भएका नाटक विभिन्न थिएटरमा मञ्चन गरिन्थ्यो । सर्वनाम थिएटर, मन्डला थिएटर, शिल्पी थिएटर, कुञ्ज थिएटर र स्टुडियो थिएटरमा यस विद्यालयका विद्यार्थीले नाटक मञ्चन गरिसके भने कहिले विद्यालयमै प्रेक्षालय (ब्ल्याक बक्स) निर्माण गरि नाटक मञ्चन गर्यौं ।

यसै क्रममा धेरै विद्यार्थीहरुले नाटकमा अभिनय गरिसके । नाट्य प्रशिक्षक एवं निर्देशक टंक चौलागाईँको नेतृत्वमा नाटक मात्रै नभएर चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीमा समेत धैरे बालकलाकारको रूपमा अभिनय गरिसके । चौलागाईँको साथमा रंगकर्मी, निर्देशक, कलाकार  प्रतिक दुलाल पनि नाट्य शिक्षकको रुपमा कार्यरत छन् । 

यस पटकको नाट्य सप्ताहमा लेखक टंक चौलागाईंका कालु र बाघ, सानी र परी, इमान्दार दाउरे, उज्यालोतिर, चकलेट, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, हिराको भोटो, श्रवणकुमारको कथा, प्रकेश सिन्धुलियको लेखन रहेको द फिनिस लाइन लगायत विभिन्न लेखकका शिशिर बसन्त, चार्ली एन्ड द चकलेट फ्याक्ट्री, ब्युटी ईज अ बिस्ट, फूलको भाषा, दुःखी राजकुमारी,  पापवुध्दि धर्मवुध्दि जस्ता नाटकमा कक्षा चारदेखि दशसम्मका करिब चार सय विद्यार्थी सहभागी हुँदैछन् । 

 

यस पटक निर्देशक टंक, प्रतिकको साथमा रंगकर्मी विजया कार्की, बिजय नेपाल र बनसरी पाण्डेले साथ दिएका छन् । वैशाख ३१ गते सोमवारदेखि जेठ ४ गतेसम्म शिल्पी थिएटरमा चल्ने यो नाट्य सप्ताहमा प्रा. डा.सावित्री कक्षपती, तुलसी घिमिरे अतिथिको रूपमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया...

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि...

तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन फागुन...

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा

एक महिने स्वस्थानी व्रत आज समापन...

काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...

एक महिने  स्वस्थानी व्रत आज समापन  गरिँदै