९ चैत, २०८१
    {
विजनेस / कोशी प्रदेश / समाचार

पारिश्रमिक नपाएपछि स्थानीय सरकार गुहारे गिरीबन्धुका चिया मजदुरले

  • पुलेसो
  • २०८१, जेठ २ बुधबार
पारिश्रमिक नपाएपछि स्थानीय सरकार गुहारे गिरीबन्धुका चिया मजदुरले

झापा - झापाको गिरीबन्धु टि स्टेटमा कार्यरत मजदुरहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै स्थानीय सरकार गुहारेका छन् ।

मजदुरहरूले २०८० फागुनदेखि पारिश्रमिक नपाएको भन्दै मङ्गलवार विर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।मजदुरहरूले विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलालाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

विर्तामोड नगरपालिका -६ र अर्जुनधारा नगरपालिका-११ मा रहेको  गिरीबन्धु टि-स्टेटमा कार्यरत श्रमिकहरूलाई पाक्षिक रुपमा भुक्तानी दिने व्यवस्था रहेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ प्रतिष्ठान स्तरको ट्रेड युनियन गिरीबन्धु टि स्टेटका अध्यक्ष नारायण दर्जीले बताए ।

उनका अनुसार गत फागुन ३० गतेदेखि २०८१ वैशाख २८ गतेसम्मको चार पटकको भुक्तानी रोकिएको छ । पारिश्रमिक नपाएपछि श्रमिकहरू भोक भोकै काम गर्न बाध्य भएको उनको भनाइ छ । व्यवस्थापकसँग पारिश्रमिक भुक्तानी माग गर्दा बगान बन्द रहेको भन्ने प्रतिक्रिया दिँदै आएको श्रमिकहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझाउँदै मजदुरहरूले समस्या  समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जबाफदेही आफूहरू नहुने बताएका छन्  । ज्ञापनपत्रको बोधार्थ गिरीबन्धु टि-स्टेटका व्यवस्थापकलाई पनि पठाइएको दर्जीले बताए।

 

यता, गिरीबन्धु टि-स्टेटका व्यवस्थापक सन्तकुमार राईले पैसा नभएकै कारण भुक्तानी दिन नसकेको बताए । दिन बाँकी पारिश्रमिक पैसाको व्यवस्था मिलाएर चाँडै उपलब्ध गराउने उनको भनाइ छ ।गिरीबन्धु टि स्टेटमा हाल १७० जना मजदुर स्थायी रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह