९ चैत, २०८१
    {
प्रविधि / समाचार

बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने

  • पुलेसो
  • २०८१, जेठ २ बुधबार
बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौँ नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।

बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित भइरहेको जनाएको हो ।

प्राधिकरणका अनुसार भोलि नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकानचोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

 

त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नम्बर १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिँकमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेत स्कुल, वडा नम्बर १२ वडा कार्यालयलगायत क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । माथि उल्लिखित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह