काठमाडौँ - राष्ट्रिय योजना आयोगले हिजो बसेको मन्त्रीपरिषद् बैठकबाट पारित १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।
योजनाका प्रमुख अन्तर्वस्तु सार्वजनिक गर्न आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले १६ औँ पञ्च वर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्य बनाएको जानकारी गराए । पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले विगतका योजना कार्यान्वयन र अबको विकासको बाटोलाई मध्यनजर गरी योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखिएको बताए ।
रूपान्तरणकारी ठूला योजनालाई अघि सारिएको जानकारी गराउँदै उपाध्यक्ष क्षेष्ठले कार्यान्वयनको विद्यमान अवस्था, समस्या र चुनौतीलाई सामना गर्ने गरी योजना ल्याइएको जानकारी दिए । आयोगका निमित्त सचिव यमलाल भुषालले कोभिड १९ को महामारीका बीच १५औँ योजनाले आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकेको बताउँदै १६ औँ योजनाले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको १६ औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म प्रति व्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने र नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य लिएको छ।
२०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य १६औँ योजनाले लिएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने, नेपालीहरूको औसत आयु ७३ वर्षमा झार्ने, साक्षरता दर ८५ प्रतिशत पुर्याउने र मुलुकमा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य १६ औँ योजनाले लिएको छ ।
यस्तै विद्युत् उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्याउने लक्ष्य लिएको छ ।सरकारले योजना आयोगको ६७ वर्षको इतिहासमा ५ वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरिसकेको छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया