काठमाडौँ - सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो ।
जितसँगै चार खेलमा छ अङ्क जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । पराजित बागमती प्रदेश समान खेलबाट दुई अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कन्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोडे ।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमकी ऋतु कनौजियाले तीन विकेट लिइन् भने कविता जोशी र लक्ष्मी साउदले समान दुई-दुई विकेट लिए । त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक-एक विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाइएको थियो ।
सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन् । त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८-२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन् ।
बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् । योजितसँगै सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भोलि हुनेछ ।
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया