काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एक महिनाभित्र औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने गरी नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा गृहमन्त्री लामिछानेले नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको जानकारी गराए ।बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा गाँजाको झोला प्रयोग गरिएको बताउँदै अप्रत्यक्ष रुपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने बताए ।
बैठकमा पूर्व मन्त्री एवं एमाले नेता शेरबहादुर तामाङले तत्काल गाँजा उत्पादनका लागि कानुनी व्यवधान हटाउन सरकारलाई आग्रह गर्नुभयो ।बैठकमा सांसदहरुले बाँझो जमिनमा गाँजा खेती गर्न किसानलाई अनुमति दिन हो भने युवाहरूको विदेश पलाएन रोकिने भन्दै तत्काल गाँजा खेती गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
बैठकमा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर प्रदीप केसीले सयौँ आयुर्वेदिक औषधि उत्पादनमा गाँजाको प्रयोग हुँदै आएको बताए ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्नाकाजी महर्जनले लागुऔषधका रुपमा नभई औषधि र औद्योगिक प्रयोजनका लागि गाँजाको ठूलो सम्भावना रहेको बताए ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया