काठमाडौं - अखिल नेपाल कबड्डी संघको आयोजनामा सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
पाँच राष्ट्र सहभागी हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने संघका महासचिव अरविन्द झाले जानकारी दिए ।च्याम्पियनसिपमा नेपालसहित इरान बंगालदेश श्रीलंका र इन्डोनेसियाको सहभागिता हुनेछ । नेपालको महिला टोलीले गत असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा ऐतिहासिक कांस्य जितेको थियो ।
पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला टिमले समूह चरणमा बंगलादेशलाई हराएको थियो भने इरानसँग पराजित भएको थियो । सेमिफाइनलमा भने नेपाल भारतसँग पराजित भएको थियो । नेपाल र इरानले सेमिफाइनल पुग्दै कांस्य पदक जितेका थिए ।
यस्तै नेपालको महिला टिमले सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको थियो ।
केही समयअघि नेपालको पुरुष टोली बंगलादेशमा भएको बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा उपविजेता बनेको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल घरेलु टोली बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया