जनकपुरधाम - जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल सुरु भएको छ । फिल्म फेस्टिभलको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन् ।
फेस्टिभलमा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशकहरू सहभागी रहेको छ । दुई दिनसम्म चल्ने मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक आयोजना भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको आशा चलचित्र मन्दिरमा शुरु भएको अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम रहेको छ ।
यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिए ।अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभलको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिश कुमार सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा फिल्म फेस्टिभलले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताए ।वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई अझा बढी बलियो बनाउने विश्वास व्यक्त गरे ।
लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झा सहितका वक्ताहरुले मैथिली भाषाका अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलको आयोजनाले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताए ।
अन्तर्राष्ट्रिय मैथिली फिल्म फेष्टिवको क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम पनि रहेको छ ।
काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।
सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...
प्रतिक्रिया