१९ कात्तिक, २०८१
    {
समाज / सुदूरपश्चिम प्रदेश / धर्म-संस्कृति र रितिथिति / समाचार

डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बडिमालिका प्रस्थान

  • पुलेसो
  • २०८१, साउन २१ सोमबार
डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बडिमालिका प्रस्थान

डोटी - डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विशेष पूजाआजा गरेपछि आज जिल्ला प्रशासन कार्यालयबाट पेटारो बडिमालिकाका लागि निस्केको हो । जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।

जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ ।  दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ । 

पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात)र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालयका रेसम अधिकारीले गरेका छन् । पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो ।

 

जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारोसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री...

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गत...

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु...

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।

मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  भने, “स्काउट...

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु :  खेलकुदमन्त्री चौधरी