४ जेठ, २०८२
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

सुदूरपश्चिम प्रदेश : नवनियुक्त मुख्यमन्त्री शाहद्वारा पद तथा गोपनीयताको सपथ

  • पुलेसो
  • २०८१, साउन २१ सोमबार
सुदूरपश्चिम प्रदेश : नवनियुक्त मुख्यमन्त्री शाहद्वारा पद तथा गोपनीयताको सपथ

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

समारोहमा प्रदेश प्रमुख मियाँ समक्ष नवनियुक्त मन्त्रीहरू मेघराज खड्का, बहादुरसिंह थापा, सुरेन्द्र पाल, वीर बहादुर थापा, हिरासिंह सार्की, लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको सपथ लिएका छन् । खडकालाई सामाजिक विकास मन्त्रालय, थापालाई आर्थिक मामिला मन्त्रालय, पाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, थापा भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।प्रदेश सरकारमा काँग्रेस मुख्यमन्त्रीसहित २ मन्त्री, एमाले ३ मन्त्री, नागरिक उन्मुक्ति १ मन्त्री र काँग्रेसका २ तथा एमालेका १ राज्यमन्त्रीको सहभागिता रहेको छ । योसँगै प्रदेश सरकार १० सदस्यीय बनेको छ ।

 

यसैबिच मुख्यमन्त्री कमल बहादुर शाहले नवनियुक्त राज्यमन्त्रीहरू प्रकाश बम, सरस्वती खड्का र निर्मलादेवी साउदलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। समारोहमा सभामुख भिम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री दिर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध