१ फागुन, २०८१
    {
राजनीति / समाचार

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

  • पुलेसो
  • २०८१, साउन २२ मंगलबार
देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ -  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेको बताए । उपप्रधानमन्त्री सिंहले भने, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।”

फरक प्रसङ्गमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे ।

 

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिएका थिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया...

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि...

तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन फागुन...

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा

एक महिने स्वस्थानी व्रत आज समापन...

काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...

एक महिने  स्वस्थानी व्रत आज समापन  गरिँदै