जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २५ बुँदे मागपत्र पेश गरेका छन् ।
मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्ग मधेशका प्रमुख सहरसँग सम्पर्क हुनुपर्ने, जनकपुर–जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुलका साथै हजारौँ बिगाहा बगर आधुनिक खेतीको लागि श्रोत र साधनको व्यवस्था हुनुपर्ने लगायतका विषय समेटिएका छन् ।
मागपत्र बुझाउन नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा नेतृत्व गरेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहभागी भएका थिए ।
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।
उक्त प्रतियोगिता अन्तर्गत...
काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।
मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, “स्काउट...
प्रतिक्रिया