काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकार आदिवासी,जनजातिका हक अधिकारहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यताको प्रतिनिधित्व गर्दै मन्त्री पाण्डेले आदिवासीहरूले उठाएको सवालहरू आफ्नो मन्त्रालय र सरकारको पुँजीको रूपमा रहने उद्घोष गरे।
उनले भने,हामीसँग विविध संस्कृति,भाषा,भेसभुसाहरू रहेका छन्। संस्कृति र प्रकृतिको विविधतालाई हामीले निष्ठा पूर्व अघि बढाउनु पर्छ।उनले तराई ,पहाड र हिमालको छुट्टै विविधता रहेको बताउदै त्यसभित्रको सांस्कृतिक विविधताले जीवन र दर्शन बोक्ने गरेको बताए। उनले मुलुकले विविधता,सभ्यता र संस्कृतिमा बाँचेको छ भन्ने विश्वमाझ सन्देश दिन सकिने बताउनु भएको छ। उनले नेपाल खुला संग्राहलय र विश्वविद्यालयको रूपमा रहेको समेत बताए ।
मन्त्री पाण्डेले नेपालको संविधानमा समावेशिताको विषय समेटिएकाले नेपालको विविधताको संरक्षणमा गरिएको दाबी गरे। मन्त्री पाण्डेले थप्दै भने,हामीले सही बाटो पहिल्याएका छौँ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुरूप राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै स्थानीय तहमा थप प्रतिनिधित्व कसरी थप्न सकिन्छ भन्नेमा छलफल गर्दै विकल्प सहितको निष्कर्षमा पुग्नेमा विश्वास दिलाउन चाहन्छु।
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया