मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण भएका वडाध्यक्षलाई सम्मान गरेको छ । ५३ वर्षीय वडाअध्यक्ष शिव प्रसाद खनाललाई बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिकाले सम्मान गरेको हो ।
पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका वडाअध्यक्ष खनाल यही वर्ष २.४१ जिपिए प्राप्त गरी कक्षा १२ उत्तीर्ण भएका हुन्। सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वडाअध्यक्ष खनाल सबैका लागि प्रेरणाका पात्र रहेको जिकिर गरे ।
उनको मिहिनेतले गाउँपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै अध्यक्ष कालाखेतीले धन्यवाद दिए । कार्यक्रममा सम्पुर्ण कार्यपालिका परिवार र कर्मचारीहरूले वडाअध्यक्ष खनाललाई खादा र अबिरले सम्मान गरेका थिए ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया