९ चैत, २०८१
    {
कोशी प्रदेश / मनाेरञ्जन / समाचार

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन ६ भदौ १ बाट

  • पुलेसो
  • २०८१, साउन २७ आइतबार
‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन ६ भदौ १ बाट

धनकुटा - ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन ६ को पहिलो अडिसन आगामी भदौ १ गते भोजपुरबाट सुरु हुने भएको छ । 

रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालि र टिन्ज डान्स सेन्टर धनकुटाको आयोजनामा हुने कार्यक्रममा गायन तथा नृत्य विधामा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

प्रतियोगिताको गायन विजेताले पाँच लाख रुपैयाँ तथा पाँच लाख बराबरको जीवन बिमा र गीत रेकर्ड गर्ने मौका पाउनेछन् भने नृत्य तर्फको विजेताले पाँच लाख रुपैयाँ तथा पाँच लाख बराबरको जीवन बिमा गरिने बताइएको छ । प्रतियोगिताको दोस्रो र तेस्रो हुनेको लागि कार्यक्रम अवधिभित्र पुरस्कार खुलाइने आयोजकले जनाएको छ । 

प्रतियोगिताको भदौ १ गते भोजपुरमा सुरु भएर मङ्सिर २२ गते धनकुटा जिल्ला अडिसन हुनेछ । कोशी प्रदेशका विभिन्न १२ ठाउँमा हुने अडिसनमा नेपालभरिका जोसुकैले भाग लिन पाउने प्रतियोगिताका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए । 

 

जिल्ला अडिसन पछि मुख्य कार्यक्रम धनकुटामा हुने जनाइएको छ । जिल्ला अडिसनमा निर्णायकहरूमा नृत्यतर्फ सुमन योगी, युसिन यसमाली मगर र दिपेश मगर रहनेछन भने गायनतर्फ महेश राई र जुनी खालिङ राई रहने आयोजकले बताएको छ । फाइनलको निर्णायक राष्ट्रिय कलाकार रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह