१९ कात्तिक, २०८१
    {
समाज / कोशी प्रदेश / समाचार

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

  • पुलेसो
  • २०८१, साउन २८ सोमबार
सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

भोजपुर - टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतामा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।

गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरूले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।

तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताइन् । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उनको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उनले बताइन्। “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उनले भनिन्, “चुलो चौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”

आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताइन् । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उनले बताइन्। सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उनको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उनले बताए । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उनले भने, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।”

ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताइन् । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उनले बताइन् । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्था सुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उनले बताइन् ।

स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताइन् । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उनको भनाइ छ । “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उनले भनिन्, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।” पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरूप दोस्रो चरणमा पुनः उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् । 

वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उनको भनाइ छ । महिलाहरूलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचनात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भने, “सीप लिएसँगै उहाँहरू अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”

महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सीप सिकाएर महिला तथा युवाहरूलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उनको भनाइ छ । वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा सिलाई कटाइ तालिम, वडा नं ३ मा तरकारीखेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताए । 

 

त्यस्तै, एकल महिलालाई सात दिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको उनले जानकारी दिए। वडा नं ८ गोगने र वडा नं ९ लेखर्कमा यो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भने, “महिलालाई लक्षित गरेर वडाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौँ ।” गाउँपालिकाले यहाँको सम्भावनालाई ध्यानमा राखेर कृषि र पर्यटनमा प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री...

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गत...

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु...

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।

मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  भने, “स्काउट...

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु :  खेलकुदमन्त्री चौधरी