काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद्लाई स्वायत्त र स्वतन्त्र बनाइने बताए ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले आमसञ्चार परिषद् गठनपछि नेपाली प्रेस थप स्वतन्त्र र मर्यादित हुने विश्वास व्यक्त गरे।मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रको व्यवस्थापनका लागि आमसञ्चार परिषद्ले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सोही अनुसार विधेयक ल्याइएको बताए ।
उक्त विधेयकमाथि जारी दफावार छलफलमा आमसञ्चार परिषद्ले संसदीय समितिमार्फत संसदमा वार्षिक प्रतिवेदन बुझाउने, परिषद्का पदाधिकारीले प्रधान न्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथ लिने र परिषद्ले मन्त्रालयमार्फत नै सरकारसँग सम्पर्क गर्ने विषयमा समितिमा सहमति जुटेको छ ।
बैठकमा सांसदहरु कृष्णप्रसाद सिटौला, गोपीबहादुर अछामी, वेदुराम भुसाल, भगवती न्यौपाने लगायतका सांसदहरुले आमसञ्चार परिषद्को पदाधिकारी सिफारिस समिति र पदाधिकारीलाई भ्रष्टाचार लगायतका मुद्दा परेमा के गर्ने भन्ने विषयमा थप छलफल गर्नुपर्ने विचार व्यक्त गरे ।
यस अघिको बैठकमा सांसदहरूबिच मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयकका अघि बढाउने सहमति भइसकेको छ ।
काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।
सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...
प्रतिक्रिया