काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताए ।
पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट हुन नसक्ने बताउदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।आज नेकपा (एमाले)सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताए । महासचिव पोखरेलले भने– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ ।
‘बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले बङ्गलादेश घटनाको कारक आरक्षणको मुद्दामात्र पनि होइन भन्ने कुरा बिस्तारै सतहमा आउन थालेको बताए । विश्व शक्ति राष्ट्रको टकराब साना देशमा अस्थिरताको कारक बन्ने गरेको बताउँदै महासचिव पोखरेलले बङ्गलादेश घटना पनि त्यसरी नै प्रकट भएको विश्लेषण सुनाए।
महासचिव पोखरेलले सामान्य अवस्थामा एक आपसका प्रतिस्पर्धी दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि सहमतिमा सरकार गठन गर्ने अवस्थामा पुगेको बताए । वर्तमान सरकारले जनतामा पैदा भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्ने उनले स्पष्ट गरे ।
महासचिव पोखरेलले परिवर्तनलाई सुरक्षित गर्दै र समावेशिता कायम राख्दै स्थायित्वको आधार खोज्नुपर्ने हुँदा त्यसका लागि सुझाव दिन विभागलाई आग्रह गरे। उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितिमा भएको बैठकमा निवर्तमान विभाग प्रमुख झपट बोहराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईँलाई माइन्युट हस्तान्तरण गरिएको थियो ।
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि...
तनहुँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण,...
काठमाडौं - माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक...
प्रतिक्रिया