२०८२, माघ, ६
    {
राजनीति / समाचार

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ : महासचिव पोखरेल

  • पुलेसो
  • २०८१, साउन ३२ शुक्रबार
आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताए । 

पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट हुन नसक्ने बताउदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।आज नेकपा (एमाले)सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै  महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताए ।  महासचिव पोखरेलले भने– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ । 

‘बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले बङ्गलादेश घटनाको कारक आरक्षणको मुद्दामात्र पनि होइन भन्ने कुरा बिस्तारै सतहमा आउन थालेको बताए । विश्व शक्ति राष्ट्रको टकराब साना देशमा अस्थिरताको कारक बन्ने गरेको बताउँदै महासचिव पोखरेलले बङ्गलादेश घटना पनि त्यसरी नै प्रकट भएको विश्लेषण सुनाए। 

महासचिव पोखरेलले सामान्य अवस्थामा एक आपसका प्रतिस्पर्धी दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि सहमतिमा सरकार गठन गर्ने अवस्थामा पुगेको बताए । वर्तमान सरकारले जनतामा पैदा भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्ने उनले स्पष्ट गरे । 

 

महासचिव पोखरेलले परिवर्तनलाई सुरक्षित गर्दै र समावेशिता कायम राख्दै स्थायित्वको आधार खोज्नुपर्ने हुँदा त्यसका लागि सुझाव दिन विभागलाई आग्रह गरे। उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए । 

नेकपा (एमाले)का उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितिमा भएको बैठकमा निवर्तमान विभाग प्रमुख झपट बोहराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईँलाई माइन्युट हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने