९ चैत, २०८१
    {
प्रविधि / बागमती प्रदेश / समाचार

यो वर्षभित्र आइटी पार्क बनाउँछौँ : मन्त्री गुरुङ

  • पुलेसो
  • २०८१, माघ २४ बिहीबार
यो वर्षभित्र आइटी पार्क बनाउँछौँ : मन्त्री गुरुङ

 काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटी पार्क स्थापना गर्ने बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँदै काठमाडौँमा यो वर्ष भित्रै आइटी पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान महासङ्घ) ले आजदेखि काठमाडौँमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधारहरू तयार पार्नु पर्ने बताए ।

सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटी पार्क नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उनले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटी नीति, एआई नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए । “डिजिटल फ्रेमवर्कको उद्देश्य पुरा गर्न सूचना प्रविधिका पूर्वादारहरू सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने,“यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटी पार्क बनाउँछौँ ।”

 

त्यस्तै, मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए । साथै यसै वर्ष भित्र ७ सय ५३ पालिकामा फोर जी सबैका घर घर पुर्‍याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए। साउथ एसियामै एआई को नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुरुङले भने,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह