काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पेश भएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरे । यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे ।
यस अघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणका कामलाई तीव्रता दिन तथा किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हेटौडा सिमेन्ट उद्योगको सञ्चालनमा देखिएको समस्या समाधान गर्न तत्काल ध्यान दिन, सहकारी पीडितको बचत रकम फिर्ता गरी समस्याको स्थायी समाधान खोज्न, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक सडक तथा फ्लाईओभरहरु निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराए ।
यस्तै बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई सरल र सहज बनाउन, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्ड सहित सडक दुर्घटनाको जोखिम रहेका सडक खण्डहरूको स्तर उन्नति गरी दुर्घटना न्यूनीकरणका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभाको आर्को बैठक माघ २७ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया