काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकले मिडिया काउन्सिल विधेयक २०८० पारित गरेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी पेश गरेको प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको हो ।यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरे ।
यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।सांसदहरुले संविधान अन्तर्गत नै सरकारले अध्यादेश जारी गरेको भन्दै नकारात्मक टिप्पणी गर्नुभन्दा अध्यादेशको अध्ययन गरी त्रुटि भएका दफालाई सुधार तथा संशोधन गर्नेतर्फ ध्यान दिनु पुर्याउनुपर्नेमा जोड दिए ।
यस्तै ग्यास उद्योगीहरू आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै सांसदहरुले उपभोक्ताका अधिकार सुनिश्चित गर्न, ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको, जीर्ण बनेका सडकखण्ड पुनर्निर्माण हुन नसक्दा दुर्घटना बढिरहेकोले चाडै निर्माणकार्य सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार १ः१५ बजे बस्नेछ ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया