९ चैत, २०८१
    {
समाज / मनाेरञ्जन / समाचार

सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन

  • पुलेसो
  • २०८१, माघ २९ मंगलबार
सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन

काठमाडौँ - सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन आइतबार सम्पन्न भएको छ ।अधिवेशनबाट प्रकाशदत्त बडुको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा तारा सिंह विष्ट, उपाध्यक्षमा टंक प्रसाद जोशी, अमित चटौत, भिम बोगटी, चन्द्र सिंह धामी, महिला उपाध्यक्षमा बसन्ती मडै, महासचिवमा भरत विक्रम बोगटी, सचिवमा विक्रम धामी र दिपेश कुँवर, कोषाध्यक्षमा तारा धामी र सह-कोषाध्यक्षमा नारायन बुडाल चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा गोविन्द बोहरा, देवराज सावद, शुशील बोहरा, रेनु काफ्ले, कमल साउँद, सन्दिप काजी बस्नेत, लिला कुंवर, धन बहादुर नाथ,बबिता धामी र मनोज माली रहेका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज युएईका निवर्तमान अध्यक्ष मोहन ठकुराठीको अध्यक्षता एवं युएईका लागी नेपाली राजदुतावास युएईका श्रम काउन्सलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनमा संस्थाको कार्यविवरण सहित प्रतिवेदन महासचिव प्रकाश दत्त बडुले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तारासिंह विष्टले प्रस्तुत गरेका थिए।

त्यस्तै अधिवेशनको बन्द सत्र निर्वाचन समिति संयोजक दानसिंह महराको अध्यक्षतामा सम्पन्न भएको संस्थाले जनाएको छ । निर्वाचन समिति सदस्य दामोदर सिंह ठगुन्नाले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेका थिए ।उक्त अधिवेशनमा नेपालबाट आमन्त्रित कलाकारहरु बिनोद बाजुराली र अनिता चलाउने सङ्गै युएईमा रहेका सुदूरपश्चिमेली कलाकारहरु सूर्य बिसी, सुशील बोहरा, पदम बिसी लगाएतले बेजोड सांस्कृतिक प्रस्तुति राखेका थिए ।

 

“सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने मूल नारा बोकेको सुदूरपश्चिमेली नेपाली समाज युएईले दु:ख अफ्ट्यारोमा परेका नेपालीहरुको हकहितका साथै सुदूरपश्चिमेली संस्कृति डेउडाको प्रवर्द्धनका लागि भुमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह