९ चैत, २०८१
    {
समाज / मनाेरञ्जन / सुदूरपश्चिम प्रदेश / समाचार

‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

  • पुलेसो
  • २०८१, माघ २९ मंगलबार
‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

 धनगढी - पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । 

साहित्यकार डा.नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गरेको हो । 

ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिदैं साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताए । उनले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने उल्लेख गरे । 

 

त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा। पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताए । पत्रकार उपाध्यायले गत भदौमामात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याउनु भएको थियो । कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको लेखक उपाध्यायले बताए । 

विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी...

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा...

काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
  • सबै क्षेत्रको सहयोग र सहभागितामा ‘सगरमाथा संवाद’ लाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह