२०८२, माघ, ६
    {
राजनीति / बागमती प्रदेश / समाचार

नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइनुपर्नेमा विज्ञहरूको जोड

  • पुलेसो
  • २०८१, माघ ३० बुधबार
नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ - नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा हालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिए  ।पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न सकेमा खर्च कम हुने, राजनीतिक दलहरू कम हुने र स्थिर सरकार बन्न सक्ने बताए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले हालको निर्वाचन प्रणालीले अनावश्यक र अनुत्पादक खर्च बढाएको र पैसा धेरै खर्च गर्न सक्नेले जित्ने भन्ने प्रतिस्पर्धा  देखिएको औँल्याए ।अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले निर्वाचन आयोगलाई सक्षम र विवादरहित ढङ्गबाट अगाडी बढाउनुपर्ने भन्दै निर्वाचनको मिति तोक्ने अधिकार कानुनद्वारा नै आयोगलाई दिनुपर्ने बताए ।

उनले निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले निर्वाचन आयोगले मात्रै नभएर राजनीतिक पार्टीले पनि उम्मेदवारको खर्चको सीमा तोक्नुपर्ने र सोही अनुसार खर्च भए नभएको अनुगमन गर्नुपर्ने बताए।पूर्व सचिव गोपीनाथ मैनालीले विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पका विषयमा प्रस्तुतीकरण दिँदै निर्वाचन प्रणालीमा मुलुक बाहिर रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने बताए ।

 

बैठकमा सांसदहरुले मुलुकको भ्रष्ट्राचारका कारणहरूमध्ये महँगो निर्वाचन प्रणाली पनि रहेको, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्नुपर्ने, मुलुकको समृद्धिको लक्ष्य हासिल गर्नका पूर्ण समानुपातिक निर्वाचन प्रणालीले सहयोग पुर्‍याउने लगायतका विषयमा जोड दिए ।उनीहरूले दलीय स्वार्थभन्दा माथी उठेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा थप छलफल गर्नुपर्ने धारणा राखे   ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने