काठमाडौँ - गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको रचनामा रहेको गीत ‘काफल गेडी’ सार्वजनिक भएको छ ।
नेपाली पूर्वीय मौलिक लोकलयका आधारमा बनेको गीतमा नारायण ओलीको सङ्गीत र गायिका माधवी अर्यालको स्वर रहेको छ ।गीतलाई श्यामस्वेत रसाइलीले एरेन्ज गरेको छ ।नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियोमा गीतको भावअनुसार गाँउले परिवेश र साथीसंगीहरुको संगतमा रहेको देखाइएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाई को छायांकन र विकास धमलाको सम्पादन रहेको छ । गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
प्रतिक्रिया